उत्तर कोरियाली नेता किम जोङ उन र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबिच भेटवार्ता हुने भएको छ ।
चीनमा आयोजना हुने अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिने क्रममा रूसको पूर्वी क्षेत्रको भ्रमणमा जान लागेका रूसी राष्ट्रपति पुटिनसँग किमले भेटवार्ता गर्ने सम्भावना छ।
रूसले कोरियाली नेतासँगको भेटवार्ताका बारेमा केही बताएको छैन। रूसको सरकारी समाचार संस्था ईतार तासले मार्चमा प्रकाशन गरेको समाचारमा क्रेमलिनका प्रवक्तालाई उद्धृत गर्दै रूस र उत्तर कोरियाबीच किमको भ्रमणका विषयमा छलफल भइरहेको जनाएको थियो।
ती प्रवक्ताले जतिसक्दो चाँडो किमसँगको भेटवार्ताका बारेमा निर्णय लिइने बताएका थिए। दुबै देशका नेताबीचको भेटवार्ताकै सन्दर्भमा दुबै देशका वरिष्ठ कूटनीतिक अधिकारीको भेटघाट पछिल्ला दिनमा बाक्लिएको छ।
यसै महिनाको शुरुमा रूसी गृहमन्त्री भ्लादिमिर कोलोकोच्सेभले प्योङयाङ भ्रमण गरेका थिए। पुटिनले गत वर्ष मे महिनामै नेता किमलाई रूस भ्रमणको निम्ता दिएका थिए तर भ्रमण हुन सकेको थिएन।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया