काठमाडौं । सिटिजन्स बैँकको १० मेगावाटको सिद्धि खोला जलविद्युत आयोजनाको लागि कर्जा सम्झौता भएको छ ।
सिटिजन्स बैँक इन्टरनेसनल लि.को एकल ऋण लगानी गर्ने गरी प्रदेश नंं. १ को ईलाम जिल्ला साविक समलबुङ र जिर्मले गा.वि.स. (हालको सुर्योदय नगरपालिका र रोङ गाँउपालिका) मा निर्माण हुने सिद्धि हाइड्रोपावर कम्पनी लि प्रवद्र्धक रहेकोे १० मेगावाट क्षमताको सिद्धि खोला जलविद्युत आयोजनामा प्रवद्र्धक कम्पनी र बैँक बीच सम्झौता भएको हो । बिहिबार वित्तीय व्यवस्थापनका लागि सम्झौतामा बैंकका प्रमुख–कन्र्सोटियम/ इन्फ्रास्ट्रक्चर बैंकिंग युनिटका रोशन मल्ल र कम्पनीका प्रबन्ध संचालक सन्तोश राज नेपालले हस्ताक्षर गरेका हुन ।
परियोजनाको अनुमानित लागत करीब एक अर्ब ७३ करोड (निर्माण अवधीको व्याज बाहेक) मा बैंकले ७५ः२५ को ऋण : स्वपुँजी अनुपातमा एक अर्ब २९ करोड बराबरको ऋण लगानी गर्नेछ भने निर्माण अवधीको व्याज सहित बांकी लागत प्रवद्र्धकहरुबाट स्वपुँजी जुटाइने छ ।
सो आयोजनाले आगामी २.५ वर्ष भित्र निर्माण सम्पन्न गरी विद्युत उत्पादन गर्ने लक्ष्य रहेको छ । कम्पनीका अनुसार आयोजनाबाट हिउँदमा ८.८०५ गिगावाट घन्टा र बर्षामा ४६.९११ गिगावाट घन्टा गरी बार्षिक ५५.७१६ गिगावाट घन्टा विद्युत उत्पादन गरिनेछ ।
बैंकले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५१ वटा ए.टि.एम. र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १६ लाख ९६ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया