बैतेश्वर । दैनिक हेरचाह गर्न नपर्ने र दानपानीको उचित व्यवस्थापन नगरे पनि सजिलै आम्दानी लिन सकिने भएकाले मौरीलापालन व्यवसाय यहाँका कृषकलाई राम्रो अम्दानीको स्रोत बनेको छ ।
बाली नालीमा जस्तो रोगकिरा नलाग्ने भएकाले बैतेश्वर गाउँपालिका–४ का युवा प्रमोद दाहाल हिजो आज बिहान उठ्ने बित्तिकै आफ्नो घर नजिकैको मौरीको घार पुग्छन् । विसं २०७० देखि ग्यालेक्सी मौरीपालन फार्म खोलेर व्यावसायिकरुपले मौरी पाल्नथालेका उनले हिमाली आयोजनाबाट आठ लाख ऋण लिएको थियो ।
प्रमोदले बैतेश्वर गाउँपालिका–४ मा १ सय घार, तिखतालमा ४० घार र सिन्धुपाल्चोकको बाह्रबीसे पलाती भन्ने ठाउँमा ३० घार गरी जम्मा १७० घार मौरी पाल्दै आएका छन् । यस व्यवसायबाट हाल चार जनाको परिवारलाई खर्च गरी सोही आम्दानीबाट एउटा पक्की घर निर्माण गर्नाका साथै १० लाख बैंकमा जम्मा गर्न सकिएको प्रमोदले बताए ।
राम्रोसँग उत्पादन भए वर्षको दुई पटक जेठ र कात्तिक महीनामा मह काट्दा दुई एक लाख ७० हजार लिटरसम्म मह उत्पादन हुने प्रतिलिटर एक हजार २ सयमा स्थानीय बजारमा बिक्री हुँदै आएकाले वार्षिक दुई करोड ४० लाखसम्म आम्दानी हुँदै आएको उनले बताए ।
प्रमोदका अनुसार हिमाल पहाड तराईका विभिन्न जङ्गलमा मौसमी तथा बेमौसमी जातका फूल फुल्ने रुख बिरुवा हुने भएकाले मौरीपालन व्यवसायीका लागि निकै राम्रो हुने हुँदा यसमा ढुक्क भएर लाग्न सबै कृषकलाई अनुरोध गरे ।
आफूले अरु क्षेत्रमा समेत चरणबारे बुझ्दै आएकाले मौरीचरण क्षेत्र छनोट गरी चरणको लागि लैजाने गरेको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया