काठमाडौं । नेपाल राष्ट्र बैकले दुई अर्ब ४४ करोड रुपैंयाँ संस्थागत निक्षेप राख्नको लागि प्रस्ताव मागेको छ । वाणिज्य बैंक, विकास बैंक र फाईनान्स कम्पनीहरुको नाममा राष्ट्र बैंकले उक्त प्रस्ताव माग गरेको हो ।
सो अनुसार राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको रकम तीन सय ६६ दिने मुुद्धती निक्षेपको रुपमा २०८० माघ पाँच गतेदेखि २०८१ माघ पाँच गतेसम्मको लागि लगानी गर्नेछ ।
राष्ट्र बैंकका अनुसार लगानी गरिने कुुल रकम मध्ये वाणिज्य बैकहरुको लागि एक अर्ब ९२ करोड २० लाख, विकास बैंकहरुको लागि ३६ करोड ६० लाख र फाईनान्स कम्पनीहरुको लागि १२ करोड २० लाख रुपैयाँ छुुट्याईएको छ । रकम लगानी गर्न चाहाने इच्छुुक तथा फाईनान्स कम्पनीहरुले यही पुस २२ गतेसम्म नेपाल राष्ट्र बैंकमा आफुुले लगानी गर्न चाहेको रकम र उक्त रकममा दिन चाहेको व्याज समेत उल्लेख गरेर आवेदन दिनुुपर्ने राष्ट्र बैंकले जानकारी दिएको छ ।
यसैगरी रकम लगानीको लागि प्रस्ताव पेस गर्ने बैंक तथा फाईनान्स कम्पनीहरु सञ्चालनमा आएको कम्तीमा दुई बर्ष पुरा गरेको, तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको, निष्कृय कर्जा (एन.पी.ए) कुल कर्जा सापटको पाँच प्रतिशत भन्दा कम भएको खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तिमा २० प्रतिशत वा सो भन्दा बढी रहेको हुुनुुपर्ने लगायतका न्युनतम शर्तहरु तोकिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया