काठमाडौं । सिभिल बैंकले यहि बैशाख २७ गते साधारण सभाको लागि डाकेको छ ।
बैंकले दुई आर्थिक वर्षको साधारण सभाको लागि आह्वान गरेको हो । आर्थिक वर्ष २०७३-७४ को एजिएम नै गर्न बाँकी बैंकले ०७४-७५ को सहित एकैपटक सभा आह्वान गरेको हो।
बैंकले यहि बैशाख १० गतेदेखि लाभांश र साधारण सभा प्रयोजनका लागि शेयरधनी दर्ता किताब बन्द गर्दैछ । यसअनुसार बैशाख ९ गतेसम्म कायम रहने बैंकका शेयरधनीले मात्रै सधारण सभामा सहभागिता जनाउन पाउने छन् ।
सातौँ र आठौँ साधारण सभाले क्रमश आर्थिक वर्ष २०७३-७४ को मुनाफाबाट १० दशमलब २५ प्रतिशत बोनस तथा ०७४-७५ को मुनाफाबाट ४ दशमलब ०५ प्रतिशत नगद लाभांश गरि कूल १४ दशमलब ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
यो सँगै बैंकले २०७३-७४ को मुनाफाबाट ७४ करोड ४० लाख ७९ हजार ३ सय १२ रुपैयाँ बराबरको बोनस र ३ करोड ९१ लाख ६२ हजार ६९ रुपैयाँ नगद लाभांश तथा २०७४-७५ को मुनाफाबाट २९ करोड ४० लाख २ हजार ६९ रुपैयाँ नगद गरि ३३ करोड ३१ लाख ६४ हजार १ सय ३८ रुपैयाँ नगद लाभांश वितरणका लागि अनुमोदन हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया