काठमाडौं । धितोपत्र बजारमा आज ‘मंगलवार’ शेयरको मूल्य दोहोरो अङ्कले वृद्धि भएको छ ।
नयाँ वर्षको पहिलो कारोवारका रुपमा सोमवार उकालो लागेको बजार आज पनि २३ दशमलब ३३ बिन्दुले बढेर एक हजार २१२ दशमलब ०५ बिन्दुमा पुगेको हो ।
त्यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ५ दशमलब ४८ बिन्दुले बढेर २६० दशमलब २४ बिन्दुमा पुगेको छ । स्टकका अनुसार कारोवार सङ्ख्या र रकममा समेत वृद्धि भएको छ । कूल १ सय ७० कम्पनीको २४ लाख ११ हजार ६ सय ५० कित्ता शेयर ७४ करोड २७ लाख १८ हजार ७ सय ५१ मूल्यमा खरीद बिक्री भयो ।
कारोवार भएका दश उपसमूहकै मंगलवारै शेयर बढेको छ । बैंकिङ २९ दशमलब ४१, होटल १४, विकास बैंक २० दशमलब ०२, जलविद्युत् ५ दशमलब ८९, वित्त १० दशमलब ७४, निर्जीवन बीमा ४८ दशमलब ९२, उत्पादन २ दशमलब ४६, अन्य २ दशमलब ९३, लघुवित्त ३५ दशमलब ८ र जीवन बीमा ८० दशमलब १९ बिन्दुले बढेको छ ।
कारोवार रकमका आधारमा मंगलवार एनएमबी बैंक शीर्ष स्थानमा पुगेको छ ।
उक्त बैंकको ६ करोड ७० लाख ६० हजार ५ सय ६८, एनआइसि एशिया बैंक चार करोड ९८ लाख २१ हजार ६ सय ३९, प्रभु बैंक चार करोड ५८ लाख ७९ हजार ७ सय १, सिभिल बैंक तीन करोड ३२ लाख ९३ हजार ५ सय ५८, नेपाल बैंक लिमिटेड तीन करोड २४ लाख ९० हजार ७ सय १५, कुमारी बैंक दुई करोड ७५ लाख ७४ हजार २ सय ८४, नेपाल क्रेडिट एण्ड कमर्स बैंक दुई करोड ३० लाख ९१ हजार १ सय ५९, साना किसान विकास बैंक दुई करोड २४ लाख २० हजार ४ सय ४० बराबरको शेयर कारोवार भई शीर्ष स्थानमा रहे ।
स्टकका अनुसार मंगलवार श्री इन्भेस्टमेन्ट फाइनान्स कम्पनीका शेयरधनीले ६ दशमलब ६७ प्रतिशतले कमाए । त्यस्तै सेन्ट्रल फाइनान्स कम्पनी ६ दशमलब ५४, सामुदायिक लघुवित्त वित्तीय संस्था ५ दशमलब ९६, डिप्रोक्स लघुवित्त वित्तीय संस्था ५ दशमलब ५६, प्रभु बैंक ५ दशमलब १८, सिद्धार्थ बैंकका शेयरधनीले ५ दशमलब ०५ प्रतिशतले कमाए ।
त्यस्तै युनिभर्सल पावर कम्पनीका शेयरधनीले ३ दशमलब २२ प्रतिशतले गुमाए । एभरेष्ट इन्स्योरेन्स कम्पनी २ दशमलब ३४, समुन्नती माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक २ दशमलब ३०, सिनर्जी पावरका शेयरधनीले १ दशमलब ९० प्रतिशतले गुमाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया