अफगानिस्तान । अफगानिस्तानको पश्चिमी प्रान्त हेरातमा भारी वर्षापछि आएको बाढीमा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु हुनुको साथै अन्य १७ जना बेपत्ता भएका छन् ।
गत २४ घण्टाभित्र हेरात प्रान्तको कम्तीमा तीन जिल्लामा आएको यस भीषण बाढीमा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु हुनुको साथै १७ बेपत्ता भएका प्रान्तीय सरकारका प्रवक्ता जैलानी फर्हादले जानकारी दिएका छन् ।
यस बाढीमा परी ५० भन्दा बढी घर बगाएको बताइएको छ ।
अफगानिस्ताको राजधानी काबुल भएर बग्ने काबुल नदीमा आएको बाढीमा परी एक व्यक्तिको मृत्यु भएको छ । यद्यपी सरकारले सो इलाकामा नजान सूचना जारी गरेको थियो ।
अफगानिस्तानमा मार्च २८ देखि यता भएका भारी बर्षापछि आएको बाढीमा परी १ सय ३० भन्दा बढी व्यक्तिको मृत्यु हुनुको साथै अन्य २ सय जना घाइते भएका छन् ।
सो विपत्तीको उद्वार कार्य जारी रहेको छ । कम्तीमा एक सय परिवारलाई उद्वार गरी सुरक्षित स्थानका लगिएका प्रवक्ताले बताउनु भएको छ । सो सयमदेखि हालसम्म बाढीको कारण ४ हजार घर ध्वस्त भएका र अन्य ५ हजार घर क्षतिग्रस्त भएका बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया