‘आईपीएल’ क्रिकेटमा पन्जाबद्वारा राजस्थान पराजित

एजेन्सी । जारी इण्डियन प्रिमियर लिग ‘आईपीएल’ क्रिकेटमा किङ्स इलाभेन पन्जाबले राजस्थान रोयल्सलाई पराजित गरेको छ ।

चण्डीगढस्थित आईएस वृन्दा क्रिकेट स्टेडियममा मंगलवार राति सम्पन्न भएको खेलमा पन्जाबले राजस्थानलाई १२ रनले पराजित गरेको हो । १ सय ८३ रनको विजयी लक्ष्य लिएर मैदानमा ब्याटिङ गरेको राजस्थानको पारी  ७ विकेटको क्षतीमा मात्र १ सय ६८ रनमा समेटिएको थियो ।

राजस्थानका लागि राहुल त्रिपाठीले ५० रन बनाए ।  त्यस्तै स्टुवार्ड बिनीले ३१ रन, सञ्जु सामसनले २७ रन, अन्जिंका रहानेले २६ तथा जोश बट्लरले २३ रन बनाए । पन्जाबका आस्र्दीप सिंह, रविचन्द्र आश्विन र मोहमद शामीले  समान २-२ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको पन्जाबले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८२ रनको योगफल तयार पारेको थियो ।  पन्जाबको लागि लोकेश राहुलले ५२ रन, डेभिड मिल्लरले ४० रन, क्रिस गेलले ३० तथा मायांक अग्रवालले २६ रन जोडे ।

यता रविचन्द्र आश्विन १७ रनमा अविजित रहे । राजस्थानका जोफ्रा आर्चरले ३ विकेट लिए । यो जितसँगै पन्जाबले लिगमा पाँचौ जित निकालेको छ । चौंथो स्थानको पन्जाबले ९ खेलबाट १० अंक जोडेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?