भारतमा बिहीवार दोस्रो चरणको निर्वाचन

एजेन्सी । भारतमा लोकसभाको दोस्रो चरणको निर्वाचन बिहीवारबाट शुरु हुँदैछ । 

भारतीय निर्वाचन आयोगले दोस्रो चरणको चुनावअघि पश्चिम बंगाल राज्यमा विशेष चुनाव पर्यपेक्षकहरु खटाएको जनाएको छ । आयोगले बिहारका प्रमुख निर्वाचन अधिकारी अजय नायकलाई विशेष पर्यवेक्षकमा नियुक्त गरेको हो । 

पहिलो चरणको चुनावमा पश्चिम बंगालका कूच बेहार र अलिपुरदुआर चुनाव क्षेत्रमा मतदान भएको थियो भने बाँकी ४० स्थानका लागि विभिन्न छ चरणमा चुनाव हुँदैछ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?