एनएमबि बैंकद्वारा अस्पतालमा बालमैत्री वार्ड निर्माण गर्नका लागि २५ लाख सहयोग

लोकपथ
7
Shares

काठमाडौं । एनएमबि बैंकले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई सामाजिक उत्तरदायीत्व अन्तर्गत २५ रुपैयाँ लाख सहयोग गरेको छ ।

अस्पतालमा बाल मैत्री वार्ड निर्माण गर्न मद्दत गरी बाल स्वास्थ्य सुधार गर्ने उद्देश्यसहित यो सहयोग गरिएको बैंकले जनाएको छ ।

एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत सुनिल के.सी. र हस्पतालका अध्यक्ष डा. भगवान कोईरालाबीच सहमति आदनप्रदान गरिएको छ ।

एनएमबि बैंकले समाजमा दिगो सकारात्मक परिवर्तनको पहल गर्दै सामाजिक उत्तरदायीत्व अन्तर्गत विभिन्न कार्यहरु आयोजना गर्दै आईरहेको छ ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १७१ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?