शेयर बजारमा सामान्य वृद्धि

काठमाडौं । मङ्गलबार दोहोरो अङ्कले उकालो लागेको शेयर बजारमा आज ‘बुधवार’ भने सामान्य वृद्धि भएको छ । 

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ४ दशमलब ९९ विन्दुले बढेर एक हजार २१७ दशमलब ०४ विन्दुमा पुगेको छ । 

त्यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १ दशमलब ३२ विन्दुले बढेर २६१ दशमलब  ५७ विन्दुमा पुगेको छ । बुधवार कुल १ सय ७१ कम्पनीका २८ लाख एक हजरा ६ सय १३ कित्ता शेयर ८२ करोड १६ लाख ९८ हजार १० मा खरीद बिक्री भए । 

कारोबार भएका दश उपसमूहमध्ये बैङ्किङ ८ दशमलब ९३, होटल १ दशमलब ६३, विकास बैंक ४ दशमलब ०९ र जीवन बीमा ३९ दशमलब १९ विन्दुले बढेका छन् । त्यस्तै जलविद्यतु् ० दशमलब ४४, वित्त ० दशमलब १३, निर्जीवन बीमा ९ दशमलब ३८, उत्पादन ८ दशमलब ४२, अन्य ० दशमलब २७ र लघुवित्त १४ दशमलब ०२ विन्दुले घटेका छन् । 

कारोबार रकमका आधारमा बुधवार पनि एनएमबी बैंक शीर्ष स्थानमा पुगेको छ । एनएमबीको सात करोड २६ लाख १५ हजार १ सय ५१, एनआइसी एसियाको चार करोड ५४ लाख ७७ हजार ८ सय, नेपाल बैंक लिमिटेडको चार करोड ३३ लाख ६६ हजार ७ सय ९९, प्रभु बैंक लिमिटेडको चार करोड ३१ लाख ५९ हजार १ सय ८३ र कुमारी बैंक लिमिटेडको तीन करोड ८८ लाख तीन हजार ६ सय ५१ बराबरको शेयर कारोबार भई शीर्ष स्थानमा रहे । 

स्टकका अनुसार सिभिल लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ५ दशमलब ७५, युनिभर्सल पावर कम्पनी ५ दशमलब ५६, युनाइटेड फाइनान्स ४ दशमलब ६६, नबिल इक्विटी फण्ड ४ दशमलब ५० र चौतारी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ४ दशमलब ४६ प्रतिशतले कमाए ।

त्यस्तै कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडका शेयर धनीले ४ दशमलब ०८, जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक ३ दशमलब ८५, महिला सहयात्रा लघुवित्त वित्तीय संस्था ३ दशमलब ७८, सामुदायिक लघुवित्त वित्तीय संस्था ३ दशमलब ५५ र स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको शेयरधनीले ३ दशमलब ३८ प्रतिशतले गुमाएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?