बाँके । बाँकेको खजुरास्थित डीगाउँमा भएको पुरुष फुटबलमा ५ नम्बर प्रदेश र एपीएफ विजयी भएका छन् ।
पहिलो खेलमा ५ नम्बर प्रदेशले गण्डकी प्रदेशलाई २–१ गोलले पराजित ग-यो । खेलमा अग्रता भने गण्डकीले लिएको थियो । गण्डकीका टीकाराज गुरुङले २६ मिनेटमा गोल गरेर टीमलाई अग्रता दिलाएका थिए ।
३६ मिनेटमा विनोद केसीले गोल गर्दै ५ नम्बर प्रदेशलाई बराबरीमा ल्याए । ७१ मिनेटमा रोशन सेनले गोल गरेपछि ५ नम्बर प्रदेशले तीन अंक जोड्यो ।
एपीएफले १ नम्बर प्रदेशलाई ६–३ गोलले पराजित गरेको हो । एपीएफबाट आशिष लामाले १९ र २८ मिनेट, प्रदीप लामाले ३९ र ५८ मिनेट, बुद्धिमान राईले ५२ मिनेट र सन्तोष श्रेष्ठले ७५ मिनेटमा गोल गरेका थिए ।
१ नम्बर प्रदेशबाट ४ मिनेटमा टिप्सन राई, ६९ मिनेटमा राम तामाङ र ७९ मिनेटमा विदुर रिजालले गोल गरेका थिए ।
आठौँ राष्ट्रिय प्रतियोगिता अन्तर्गत रुपन्देहीमा राष्ट्रिय पुरुष फुटबल बुधवारबाट शुरु भएको हो । बुटवल देविनगरस्थित एन्फा एकेडेमीको खेलमैदानमा लिग चरणका पुरुष फुटबल प्रतियोगिता शुरु भएको हो ।
बुधवार भएको उद्घाटन खेलमा सुदुरपश्चिम प्रदेश र बिभागिय टिम नेपाल आर्मीले बिजयी शुरुवात गरेका छन् । सुदुर पश्चिमले कर्णाली प्रदेशलाई ३–० गोल अन्तरले तथा दोस्रो खेलमा विभागिय टिम नेपाल आर्मीले प्रदेश नं। २ माथि ५–० गोल अन्तरले पराजित गरेका छन् ।
प्रतियोगितामा सहभागि १० टिममध्ये ५ टिमले रुपन्देहीमा लिग खेल खेल्दैछ । जसमा दुई उत्कृष्ट टिम दोस्रो चरणमा पुग्ने छन ।यस अघि फुटबल प्रतियोगिताको प्रदेश नं ५ का प्रदेश सभा सदस्य भोज प्रसाद श्रेष्ठले उद्घाटन गरेका थिए ।
यता महिला फुटबलमा राष्ट्रिय खेलकुदअन्तर्गत दाङको लम्हीमा भएको महिला फुटबलमा प्रदेश २ र प्रहरी विजयी भएका छन् । प्रदेश २ ले प्रदेश ७ लाई ४–० गोलले पराजित ग-यो । निकिता थोकरले २ तथा रजिना थोकर र रोशनी लिम्बूले १–१ गोल गरे ।
प्रहरीले प्रदेश ३ लाई ४–० गोलले हरायो । अमृता जैसी र निर्मला विकले समान २–२ गोल गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया