काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक ३६.५७ अंकले बढेको छ । आज १.८० प्रतिशतले बढेर नेप्से २०५९.४९ को विन्दुमा पुगेको छ ।
सोमबार कूल ३०९ धितोपत्रका एक करोड ३७ लाख नौ हजार २७६ कित्ता सेयर चार अर्ब ६७ करोड ५२ लाख २४ हजार ९०६ रुपैयाँमा किनबेच भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।आज २१२ कम्पनीको सेयरको मूल्य बढ्यो । २९ कम्पनीको सेयर मूल्यमा गिरावट आयो भने पाँचवटा कम्पनीको सेयर मूल्य हिजोको तुलनामा स्थिर रह्यो ।
१३ मध्ये १२ उपसमूहको समूहगत सूचक बढेको छ । जीवन बिमा उपसमूहको समूहगत सूचक ३.७२ प्रतिशतले बढ्दा आज म्युचुअल फन्ड उपसमूहको समूहगत सूचक भने ०.०१ प्रतिशतले घटेको छ ।
सिंगटी हाइड्रो, मादी इनर्जी, त्रिशूली जलविद्युत् कम्पनी र मुक्तिनाथ कृषि कम्पनीको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । नारायणी डेभलपमेन्ट बैंकको ५.४६ र प्रभु स्मार्ट फन्डको सेयर मूल्य ३.७१ प्रतिशतले घटेको छ ।
कारोबारका आधारमा सोनापुर मिनरल्स, माउन्टेन इनर्जी, हाथवे इन्भेष्टमेन्ट र एनआरएन इन्फ्रस्ट्रक्चर अगाडि रहे । बैंकहरुमा तरलता बढेको छ । ऋणको माग अपेक्षाकृतरुपमा नबढेपछि बैंकहरु माघमा ब्याजदर घटाउने गृहकार्यमा छन् । यसको असर सेयर बजारमा सकारात्मक देखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया