बास्केटबलमा आर्मी र प्रहरीलाई उपाधि

काठमाडौं । आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत राष्ट्रिय बास्केटबलको पुरुषमा आर्मी र महिलामा प्रहरी च्याम्पियन बनेका छन् ।

दुवै फाइनलमा प्रदेश ३ चुक्यो । दाङको घोराहीमा भएको प्रतियोगिताको पुरुष फाइनलमा आर्मीले प्रदेश ३ लाई ७६–५८ ले पराजित ग¥यो । आर्मीका रामकृष्ण घतानेले २३ अंक जोडे । प्रहरीले प्रदेश ४ ७४–५४ ले हराउँदै तेश्रो भयो । प्रहरीका विकास गुरुङले १४ अंक जोडे ।

महिलाको उपाधि भिडन्तमा प्रहरीले प्रदेश ३ लाई ४५–२९ ले पाखा लगायो । प्रहरीकी अनुषा मल्लले १३ स्कोर गरिन् । आर्मीले तेश्रो स्थानमा चित्त बुझायो । आर्मीले सुदूरपश्चिम प्रदेशलाई ५१–३९ ले पन्छायो ।

विजयी टिमका लागि ग्रीष्मा सिलवालले ११ अंक जोडिन् । पुरुषमा १० र महिलामा ८ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?