निरन्तर घट्दै सुनको मूल्य

काठमाडौं । बिहीवार सुनको भाउ फेरि घटेको छ । केही दिनयता निरन्तर घट्दै आएको सुनको भाउ बिहीवार तोलामा ५९ हजार १ सयमा कारोबार भइरहेको हो । 

बुधवार सुनको भाउ तोलामा ५९ हजार ३ सयमा कारोबार भएको थियो । यस्तै तेजावी सुन तोलामा ५८ हजार ८ सयमा कारोबार भइरहेको छ । 

यस्तै चाँदी तोलामा ७२५ मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?