च्याम्पियन्स लिग : ५७ वर्षपछि टोट्नह्याम पहिलो पटक सेमिफाइनलमा प्रवेश

एजेन्सी । टोट्नह्याम जारी ‘युइएफए’ च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । 

बुधवार राति सम्पन्न भएको क्वाटरफाइनलको दोस्रो लेगको खेलमा म्यान्चेस्टर सिटीलाई अवे गोलको आधारमा पाखा लगाउँदै टोट्नह्याम ५७ वर्षपछि पहिलो पटक च्याम्पियन्स लिगको अन्तिम चारमा पुगेको हो । 

आफ्नो घरेलु मैदान इतिहाद स्टेडियममा सिटीले टोटनह्यामलाई ४-३ गोल अन्तरले पराजित गरेपनि अघिल्लो चरणको यात्रा तय गर्न भने असफल भयो । यसअघि भएको पहिलो लेगको खेलमा सिटी टोट्नह्यामसँग १-० गोल अन्तरले पराजित भएको थियो ।

सिटीका लागि पउल स्ट्रर्लिङले खेलको चौथो र २१ औँ मिनेटमा दुई गोल गरे । त्यस्तै खेलको ११ औँ मिनेटमा बेर्नाडो सिल्भा र ५९ औँ मिनेटमा सर्जियो अग्युरोले समान एक-एक गोल गरे । 
यता टोट्नह्यामका लागि खेलको सातौँ र १० औँ मिनेटमा सन ह्युङ मिनले दुई तथा ७३ औँ मिनेटमा लोरेन्टले एक गोल गरे । 

समग्रमा दुवै क्लबका समान ४-४ गोल भएपछि अवे गोलको आधारमा टोट्नह्यामले सेमिफाइनलमा पुगेको हो । टोट्नह्याम यसअघि सन् १९६१ र १९६२ को यो प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?