च्याम्पियन्स लिग : अन्तिम चारको खेलमा लिभरपुलले बार्सिलोनासँग भिड्ने

एजेन्सी । लिभरपुल च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । 

बुधवार राति सम्पन्न भएको क्वाटरफाइनलको दोस्रो लेगको खेलमा इंग्लिस क्लब लिभरपुलले एएफसी पोर्टोलाई ४–१ गोलको पराजित ग-र्यो । समग्रमा लिभरपुलले ६-१ गोलको नतिजा निकाल्दै अन्तिम चारको स्थान तय गरेको हो । 

घरेलु मैदानमा भएको पहिलो लेगको खेलमा लिभरपुलले २–० गोलको अग्रता थियो ।

खेलमा अग्रता पाहुना टोली लिभरपुलले साडियो मानेको गोलबाट लिएको थियो । २६ औँ मिनेटमा मानेले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । ६५ औँ मिनेटमा लिभरपुलका मोहम्मद सालाहले गोल गर्दै खेललाई २–० को स्थितीमा पु-याए । 

घरेलु टोलीका लागि मिलिटोले ६९ औँ मिनेटमा गोल गर्दै खेललाई २-१ को स्थितीमा ल्याए । तर, रोबर्टो फिर्मिन्होले ७७ औँ मिनेटमा गोल गर्दै लिभरपुललाई ३–१ को अग्रता दिलाए । खेल सकिन ६ मिनेट अगाडी भान डिजिकले गोल गर्दै जीत आफ्नो पक्षमा पा-र्यो । 

अब लिभरपुलले सेमिफाइनलको पहिलो लेगको खेलमा स्पेनी क्लब बार्सिलोनाको सामना गर्नेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?