पेरुका पूर्वराष्ट्रपतिले गरे आत्महत्या

काठमाडौं । पेरुका पूर्वराष्ट्रपति एलेन गार्सियाले आत्महत्या गरेका छन् । उनले गोली हामी आत्महत्या गरेका हुन् । 

भ्रष्टाचार आरोप लागेका पूर्वराष्ट्रपति गार्सियालाई पक्राउ गर्न प्रहरीहरु निवासमा आएपछि उनले आफैँलाई गोली हानेर आत्महत्या गरेको बीबीसीमा उल्लेख छ । 

‘प्रहरी घरमा आएपछि उनी फोन गर्न भन्दै अर्को कोठामा पसेका थिए । त्यसपछि उनले ढोका बन्द गरे र कोठाभित्र गोली चलेको आवाज आयो । प्रहरीले ढोका खोलेर हेर्दा उनी कुर्सीमा बसिरहेका थिए र टाउकोमा गोली लागेको घाउ थियो’ बीबीसीले जनाएको छ । 

त्यसलगत्तै प्रहरीहरुले राजधानी लिमास्थित अस्पताल पुर्यका थिए । उनको शल्यक्रिया पनि गरियो तर चिकित्सकहरुले उनलाई बचाउन सकेनन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?