दुई दिने कर्पोरेट मेडिटेसन  तथा स्ट्रेस्स म्यानेजमेन्ट कार्यक्रम सम्पन्न

काठमाडौं । इम्प्रेसन इभेन्ट मेनेजमेन्टले तनाव कम गर्ने उपायसहित दुई दिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । 

नेपाल योग एकेडेमिक रिटिट नगरकोटमा भएको उक्त प्रशिक्षण कार्यक्रममा बैंक, इन्स्योरेन्सलगायतका संस्थाहरुको उच्च पदाधिकारीको सभागितामा सम्पन्न भएको हो  । 

कर्पोरेट मेडिटेशन स्ट्रेस्ट म्यानेजमेन्ट नाम दिइएको उक्त कार्यक्रममा योग गुरु डा( चिन्तामणि गौतमले तनावबाट मुक्त हुने उपायसहितको योग प्रशिक्षण दिएका थिए । 

दुईदिन चलेको उक्त कार्यक्रममा योग गुरु गौतमले दैनिक योग गर्ने व्यक्तिलाई थकाइ कम लाग्ने र विहान योग गर्दा दिनभर तनाव मुक्त हुन सकिने बताएका थिए ।

यस्तो प्रकारको ध्यान र ट्रेनिङले कार्य कुशलता प्रभावकारी हुने साथै कर्मचारीहरुबाट पारीणाम पनि राम्रो आउने जानकारी दिँदै कार्यक्रममा आयोजक तथा इम्प्रेसन इवेन्ट म्यानेजमेन्टका बिजिनेस डिरेक्टर पूजा श्रेष्ठले मेडिटेसन कार्यक्रम शुरुवात गर्नुको मुख्य उद्देश्य  तनावबाट मुक्त हुन हो भने ।

त्यस्तै सानीमा लाइफ इन्स्योरेन्सका कर्पोरेट हेड गुणराज श्रेष्ठले जिवन बीमा कम्पनीहरुमा काम गर्नेहरुका लागि यस्तो स्ट्रेस्स म्यानेजमेन्ट ट्रेनिङ अतिनै उपयोगी भएको बताए । 

यस्तै अनुभव साट्ने क्रममा अटो मोवाइल क्षेत्रको प्रतिनिधित्व गर्न पाउँदा र जिवननपयोगि स्ट्रेस्स म्यानेजमेन्ट टे«निङमा सहभागी यामाहा मोटरसाइकलका म्यानेजर सन्देश कटुवालले ओर्गनिक भोजनले आफूलाई स्फुर्त बनाएको बताए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?