ओपोले नेपालमा एफ ११ प्रो सार्वजनिक गर्ने

काठमाडौं । ओपोले नेपालमा एफ ११ प्रो सार्वजनिक गर्ने घोषणा गरेको छ । यही वैशाख ९ गते एफ ११ प्रो सार्वजनिक गर्ने घोषणा ओपोले गरेको हो । 

एफसिरिज अन्तर्गत सार्वजनिक हुने नयाँ एफ ११ प्रोमाभोक ३.० सुपर फास्ट चार्जिङका साथ दूई स्लिक, ग्राडियण्ट रंग र पृथक रियर डिजाइनसहित सार्वजनिक हुने कम्पनीले जानकारी दिएको छ । 

एफ नाइन अन्तर्गतका उत्कृष्ट फिचर्स तथा डिजाइनका साथै फोनमा विभिन्न नव प्रबर्तनात्मक प्रविधि तथा ४८ एमपी अल्ट्रा क्लियर क्यामेरा प्रणाली, राईजिङ क्यामेरा, पानोरामिक स्क्रिन लगायत पनि उपलब्ध हुने छन् । यी विशेषता मार्फत कम्पनीले आफ्ना उपभोक्तालाई आरामदायी तथा उत्कृष्ट प्रयोग अनुभव प्रदान गर्ने लक्ष्य लिएको छ । एफ११ प्रो सार्वजनिकका लागि आयोजना हुने कार्यक्रममा नेपाली चलचित्र जगतकी उदयीमान  अभिनेत्री स्वस्तिमा खड्काको पनिउ पस्थिति रहने कम्पनीले जानकारी दिइएको छ ।

४ हजार एमएएच ब्याट्रीसहितको फोनमा कम्पनीद्वारा स्व–विकसित भोक ३.० फास्ट चार्जिङ प्रविधि पनि उपलब्ध गराएको छ । 

एफ ११ प्रोमा उपलब्ध भोक ३.०ले फोनको चार्जिङका लागि घण्टौ कुर्नु पर्ने झञ्झटबाट उपभोक्तालाई छुटकारा दिनेछ । यो प्रविधिको सहायताले मात्र केही क्षणको चार्जिङ बाटै केही घण्टाका लागि पर्याप्त टकटाइम प्राप्त गर्न सकिन्छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?