काठमाडौं । बैंक तथा फाईनान्स कम्पनीहरुले कर्जालाई विकेन्द्रीकृत गर्न थालेका छन् । विगतमा बैंकिङ क्षेत्रको ठुलो परिमाणमा कर्जा बाग्मती प्रदेश र त्यसमाथि पनि काठमाडौं उपत्यकामा बढी कर्जा प्रवाह हुने गरेकोमा पछिल्लो समय भने बैंकहरुले बिभिन्न प्रदेशहरुको उद्योग र कृषि क्षेत्रमा कर्जा लगानी बढाएका छन ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रादेशिक आर्थिक गतिविधि अध्ययन सम्बन्धी वार्षिक प्रतिवेदन २०७९/०८० अनुसार हालसम्म सार्वजनिक भएको पाँच प्रदेशको कृषि र उद्योग क्षेत्रमा मात्र बैंकहरुले पाँच खर्ब रुपैंयाँ भन्दा बढी कर्जा प्रवाह गरेका छन् । राष्ट्र बैंकले हालसम्म सुदुरपश्चिम, मधेश, कर्णाली, गण्डकी र कोशी प्रदेशको प्रादेशिक आर्थिक गतिविधि सम्वन्धी प्र्रतिवेदन सार्वजनिक गरेकोमा यि पाँच वटा प्रदेशको उद्योग क्षेत्रमा बैंकहरुले तीन खर्ब रुपैंयाँ भन्दा बढी कर्जा प्रवाह गरेका छन् भने कृषि क्षेत्रमा झण्डै दुई खर्ब रुपैंयाँ कर्जा प्रवाह गरेका छन् ।
प्रतिवेदन अनुसार सुदुर पश्चिम प्रदेशको उद्योग क्षेत्रमा बैंक तथा फाईनान्स कम्पनीहरुले २६ अर्ब ८९ करोड दुई लाख रुपैंयाँ कर्जा प्रवाह गरेका छन । यो कर्जा गत आवको सोही अवधिको तुलनामा चार दशमलव ७० प्रतिशतले बढी हो । कृषि क्षेत्रमा भने यो प्रदेशमा बैंकिङ क्षेत्रको १६ अर्ब ७४ करोड रुपैंयाँ कर्जा लगानी रहेको छ । यो कर्जा गत आवको सोही अवधिको तुलनामा १० प्रतिशतले बढी हो । मधेश प्रदेशको औद्योगिक क्षेत्रमा भने बैक तथा फाईनान्स कम्पनीहरुले एक खर्ब नौं अर्ब ५९ करोड रुपैंयाँ कर्जा प्रवाह गरेका छन् । यो कर्जा गत आवको सोही अवधिको तुलनामा सात दशमलव ३० प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा यस्तो कर्जा एक खर्ब दुई अर्ब १३ करोड रुपैंयाँ रहेको थियो । मधेश प्रदेशको कृषि क्षेत्रमा भने बैंकिङ क्षेत्रको ५३ अर्ब ९५ करोड रुपैंयाँ कर्जा लगानी रहेको छ । गत आवको सोही अवधिमा यस्तो कर्जा ४४ अर्ब क्२८ करोड रुपैंयाँ रहेको थियो ।
राष्ट्र बैंकका अनुसार कर्णाली प्रदेशको उद्योग क्षेत्रमा भने बैंक तथा फाईनान्स कम्पनीहरुले तीन अर्ब ९८ करोड ६१ लाख रुपैंयाँ कर्जा लगानी गरेका छन् । यो कर्जा गत आवको सोही अवधिको तुलनामा आठ दशमलव ४७ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा यस्तो कर्जा तीन अर्ब ६७ करोड ४७ लाख रुपैंयाँ रहेको थियो । कर्णाली प्रदेशको कृषि क्षेत्रमा भने बैंक तथा फाईनान्स कम्पनीहरुको पाँच अर्ब ४९ करोड ४८ लाख रुपैंयाँ कर्जा लगानी रहेको छ । यो कर्जा गत आवको सोही अवधिको तुलनामा १० दशमलव ९२ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा बैंकिङ क्षेत्रको यस्तो कर्जा रकम चार अर्ब ९५ करोड ३९ लाख रुपैैंयाँ रहेको थियो । यसैगरी गण्डकी प्रदेशको उद्योग क्षेत्रमा भने बैंकिङ क्षेत्रको ३७ अर्ब ४८ करोड रुपेंयाँ कर्जा लगानी रहेको छ भने कृषि क्षेत्रमा ३१ अर्ब ४५ करोड रुपैंयाँ कर्जा लगानी रहेको छ । यि दुई शिर्षकको कर्जा गत आवको सोही अवधिको तुलनामा क्रमशः १० दशमलव छ र छ दशमलव ८७ प्रतिशतले बढी हो ।
कोशी प्रदेशको उद्योग क्षेत्रमा भने बैंक तथा फाईनान्स कम्पनीहरुले एक खर्ब २९ अर्ब रुपैंयाँ कर्जा लगानी गरेका छन् । यो कर्जा गत आवको सोही अवधिको तुलनामा छ दशमलव ६४ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा यस्तो कर्जा १६ दशमलव पाँच प्रतिशतले घटेको थियो ।
कोशी प्रदेशको कृषि क्षेत्रमा भने बैकिङ क्षेत्रको ६१ अर्ब १९ करोड २६ लाख १० हजार रुपैंयाँ कर्जा लगानी रहेको छ । यो कर्जा गत आवको सोही अवधिको तुलनामा १२ दशमलव दुई प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा यस्तो कर्जा रकम ५४ अर्ब ५२ करोड २५ लाख रुपैंयाँ रहेको थियो ।
कुन प्रदेशको उद्योग तथा कृषि क्षेत्रमा बैंकहरुको कति कर्जा ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया