शेयर बजार दोहोरो अङ्कले बढ्यो

काठमाडौं । लगातार बढ्दै आएको शेयर बजारमा आज ‘बिहीवार’ पनि सोही क्रम जारी रह्यो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर बजार दोहोरो अङ्कले वृद्धि भएको छ । कूल १५ दशमलब २२ बिन्दुले बजार बढेर एक हजार २३२ दशमलब २६ बिन्दुमा पुगेको छ । 

त्यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ३ दशमलब ९९ बिन्दुले बढेर २६५ दशमलब ५६ बिन्दुमा पुगेको छ । कूल १६५ कम्पनीको २४ लाख ६४ हजार १६५ कित्ता शेयर  ७५ करोड १२ लाख हजार ७६४ मूल्यमा खरीद बिक्री भए । 

कारोवार भएका कूल दश उपसमूहमध्ये चार उपसमूहको शेयर भने घटेको छ । त्यस्तै छ उपसमूहको शेयर भने बढेको छ । स्टकका अनुसार जलविद्युत् ६ दशमलब१४, वित्त ३ दशमलब ९७, निर्जीवन बीमा १३ दशमलब ३२ र जीवन बीमा २५ दशमलब ०१ बिन्दुले घटेको छ ।

त्यस्तै बैंकिङ २५ दशमलब ३५, होटल १६ दशमलब ३६, विकास बैंक ० दशमलब ७२, उत्पादन १० दशमलब ५७, अन्य १ दशमलब १९ र लघुवित्त १२ बिन्दुले बढेको छ । आज ‘बिहीवार’ कुमारी बैंकको सबैभन्दा बढी कारोवार भएको छ । 

सो बैंकको आठ करोड ५८ लाख दुई हजार ५३०, प्रभु बैंकको  चार करोड ४७ लाख सात हजार २३९, नेपाल बैंक लिमिटेड चार करोड २० लाख ६४ हजार ३१३, एनएमबी बैंकको तीन करोड ६१ लाख ३२ हजार १६७, छिमेक लघुवित्त विकास बैंक दुई करोड ९९ लाख २१ हजार ६४३ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

स्टकका अनुसार आज नेपाल एसबी आई बैंकका शेयरधनीले ६ दशमलब ६५ प्रतिशतले कमाए । 

त्यस्तै नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक ५ दशमलब ३०, लक्ष्मी बैंक ५ दशमलब ०५, नबिल बैंक ४ दशमलब ७९, ग्रन डेभलपमेन्ट बैंकका शेयरधनीले ४ दशमलब ७२ प्रतिशतले कमाए ।

त्यस्तै माउण्टेन हाइड्रोपारका शेयरधनीले ५ दशमलब ९४, वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स ५ दशमलब ८८, कालिका लघुवित्त वित्तीय संस्था ५ दशमलब ४७, तारागाउँ रिजेन्सी होटलका शेयरधनीले ४ दशमलब ९५ प्रतिशतले गुमाए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?