विराटनगर । क्यानाडामा रहेका नेपालीहरुको पहलमा विराटनगरको होराइजन क्रिकेट क्लबलाई खेल सामग्री सहयोग गरिएको छ ।होराइजन क्लबलाई १ लाख ८० हजार रुपैयाँ बराबरको क्रिकेट सामग्री क्रिकेट सामग्री प्रदान गरिएको हो ।
लामो समयदेखि क्यानाडा बस्दै आएका नेप्लीज क्यानेडियन क्रिकेट क्लबका संस्थापक अध्यक्ष इम्ब्रान अक्सरको पहलमा होइराइजन क्रिकेट क्लबलाई खेल सामग्री प्रदान गरिएको हो ।
सामग्री हस्तान्तरण कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले राष्ट्रिय गौरवको आयोजनामा समावेश विराटनगर–१९ वैजनाथपुरमा सुविधासम्पन्न रंगशाला निर्माणपछि विराटनगरमा आर्थिक गतिविधि बढ्ने बताए ।बैजनाथपुरमा रंगशाला निर्माणपछि विराटनगरमा अन्तर्राष्ट्रियस्तरका प्रतियोगिताहरु गर्न सकिने उनले बताए ।
उक्त रंगशालामा नेपाल र भारतबीच प्रतियोगिता भएमा ठूलो संख्यामा भारतीय दर्शकसमेत आउने बताए । ‘सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा समावेश गरेको विराटनगर–१९ को रंगशाला निर्माणपछि यहाँ अन्तर्राष्ट्रियस्तरका ठूला प्रतियोगिता गर्न सकिन्छ,’ उनले भने ।
कोइरालाले पछिल्लो समय क्रिकेटले नेपालको पहिचानलाई अन्तर्राष्ट्रियस्तरसम्म पुर्याउन सफल भएको उल्लेख गरे । विगतमा फुटबल बढी आकर्षण देखिँदै आएकोमा पछिल्लो समय क्रिकेटप्रति आकर्षण बढेको उनको भनाइ थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया