चेल्सी र आर्सनल युरोपा लिगको सेमिफाइनलमा

एजेन्सी । इंग्लिस क्लब चेल्सी जारी युरोपा लिग फुटबलको अन्तिम चारमा प्रवेश गरेको छ । 

बिहीवार राति सम्पन्न भएको खेलमा चेल्सीले चेक क्लब स्लाभिया प्रागलाई ४-३ गोल अन्तरले पराजित ग-यो । चेल्सीले समग्रमा ५-३ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको हो ।

यसअघि चेल्सीले पहिलो लेगको खेलमा स्लाभिया प्रागलाई १-० गोल अन्तरले पराजित गरेको थियो ।

चेल्सीको जीतमा पेड्रोले खेलको पाँचौ र २७ औँ मिनेटमा दुई गोल गरे । त्यस्तै १७ औँ मिनेटमा ओलिभर जिराउडले गोल गरे । एक गोल भने चेल्सीले उपहार स्वरुप पाएको थियो । नवौं मिनेटमा स्लाभिया प्रागका सिमोन डेलीले आत्मघाती गोल गरे ।

यता स्लाभिया प्रागका सेड्रि सेबिसिकले ५१ औँ र ५४ औँ मिनेटमा दुई तथा २५ औँ मिनेटमा कप्तान थोमस सोसकले एक गोल गरे । अब सेमिफाइनलमा चेल्सीले जर्मन क्लब फ्रान्कफर्टको सामना गर्नेछ । 

त्यस्तै बिहीवार राति नै भएको अर्को खेलमा आर्सनलले नपोलीलाई १-० गोल अन्तरले पराजित ग-यो । आर्सनलले समग्रमा ३-० गोलको नजिता निकाल्दै सेमिफाइनलको यात्रा तय गरेको हो । 

आर्सनललाई जित दिलाउन खेलको ३६ औँ मिनेटमा एलेक्जेन्डर लाकाजेट्टीले गरेको एक मात्र गोल नै निर्णायक बनेको थियो । अब आर्सनलले सेमिफाइनल खेलमा स्पेनी क्लब भ्यालेन्सियाको सामना गर्नेछ । 

बिहीवार राति नै भएको अर्को खेलमा भ्यालेन्सियाले भिल्लारियलाई तथा फ्रान्कफर्टले बेन्फिकालाई पराजित गर्दै अघिल्लो चरणको यात्रा तय ग-यो । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?