काठमाडौं । त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले त्यहाँका गाडीहरूमा त्रिवि अंकित लोगो टाँस्ने अभियान चलाएको छ।
त्रिविका पदाधिकारी तथा शाखा प्रमुखहरूले लोगो नराखी चलाएका गाडीमा स्ववियुले लोगो टाँस्ने अभियान चलाएको हो।
यसलाई लिएर त्रिविले पटक पटक आपत्ति जनाउँदै आएको थियो।
सरकारी गाडीलाई निजी गाडी जस्तो चलाउन थालेपछि आफूहरु बाध्य भएर लोगो टाँसेको त्रिवि केन्द्रीय क्याम्पसका स्ववियु सभापति श्यामराज ओझाले बताए ।
‘सरकारी गाडीहरु निजी जस्तो चलाउनु ठिक होइन, स्टिकर भएपछि निजी कामका लागि प्रयोग गर्न पाइँदैन। त्यसैले लोगो टाँस्नुपरेको कुरा हो।’ त्रिवि केन्द्रीय क्याम्पसका स्ववियु सभापति श्यामराज ओझाले भने ।
पछिल्लो समय त्रिभुवन विश्वविद्यालयमा हुने राजनीतिक हस्तक्षेप, राजनीतिक भागबन्डा र सेवामा ढिलासुस्ती अन्त्य मागसहित स्वतन्त्र विद्यार्थी युनियन आन्दोलित छ।
स्ववियुले २ साताअघिदेखि विभिन्न शैलीमा आन्दोलन चलाइरहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया