देव: विकास बैंकद्वारा लाभांस प्रस्ताव

काठमाडौं । देव: विकास बैंकले लाभांश प्रस्ताव गरेको छ । 

बैंकले अघिल्लो वर्षको तुलनामा घटाएर लाभांश प्रस्ताव गरेको हो । यहि वैशाख ५ गते बसेको बैंक सञ्चालक समितिको २ सय ७१ औँ बैठकले अघिल्लो वर्षको तुलनामा १२ दशमलब ५ प्रतिशत थोरै लाभांश प्रस्ताव गरेको हो।

आर्थिक वर्ष २०७३/७४ मा २८ करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको बैंकले आर्थिक वर्ष २०७४/७५ मा एक करोड ४१ लाख कम २७ करोड ५३ लाख रुपैयाँ मात्र नाफा आर्जन गरेको थियो । नाफा घटेपछि बैंकले शेयरधनीलाई वितरण गर्ने लाभांश पनि घटाएको बताइएको छ । 

बैंठकले गत आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट चुक्ता पूँजी दुई अर्ब ५३ करोड ३६ लाख ८० हजार ३ सय ४८ रुपैयाँको ५ दशमलब ५ प्रतिशत १३ लाख ९३ हजार ५२४ दशमलब १९ कित्ता शेयर बोनस वितरण गर्ने प्रस्ताव गरेको हो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?