सनराइज बैंक र नेशनल लाइफबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । सनराइज बैंक र नेशनल लाइफ इन्स्योरेन्सबीच बीमा सुविधा पाउने बैंकास्योरेन्समा सम्झौता भएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र इन्स्योरेन्स कार्यकारी अधिकृत भरत बस्नेतले बैंकास्योरेन्स सम्बन्धी सम्झौता पत्रमा शुक्रवार हस्ताक्षर गरेका हुन् । यो सम्झौतासँगै सनराइज बैंकले नेपालभरि रहेका १ सय ४ वटै शाखाबाट नेशनल लाइफ इन्स्योरेन्स जीवन बीमा योजनाहरु बिक्री गर्नेछ ।

बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्धेश्य सहित १ सय ४ वटा शाखा, २८ वटा शाखारहित बैंकिङ्ग सेवा, ४ वटा एक्सटेन्सन काउण्टर, १ सय १९ वटा एटिएमबाट ग्राहकहरुलाई सेवा दिदैं आइरहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?