राष्ट्रपति सीले बिआरआईमा सम्बोधन गर्ने

बेइजिङ । चीनका राष्ट्रपति सी चिनफिङले दोस्रो बिआरआई अन्तर्राष्ट्रिय सहयोग सम्मेलनमा अर्को साता सम्बोधन गर्ने भएका छन् । 

चीनका विदेशमन्त्री वाङ यीले बेइजिङमा शुक्रवार आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएको हो । चीन सरकारको आयोजनामा बिआरआईको अन्तर्राष्ट्रिय सम्मेलन यही अप्रिल २५ देखि २७ सम्म बेइजिङमा हुँदैछ ।

मन्त्री वाङले सम्मेलनमा ३७ मुलुकका राज्य र सरकार प्रमुखहरुको सहभागिता रहने जानकारी दिए । 

चिनियाँ राष्ट्रपति सीको महत्वाकाँक्षी बेल्ट एन्ड रोड ‘बिआरआई’ कार्यक्रमले पूर्वी एशियालाई युरोप र अफ्रिकासँग सडक र रेलमार्गले जोड्नेछ । साथै, यी देशबीचको आर्थिक विकासमा आपसी साझेदारीले ठूलो मद्दत पुग्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?