काठमाडौं । बलिउडका ह्यान्डसम अभिनेता ऋतिक रोशनले आफ्नो ५०आँै जन्मदिन मनाएका छन् ।
ऋतिक रोशनले बुधबार आफ्नो ५० औँ जन्मदिन मनाए । यस शुभ अवसरमा क्रृतिक रोशनका फ्यानहरुले उनलाई विश्वभरबाट जन्मदिनको शुभकामना दिएका थिए ।
सन् २००० मा ‘कहो ना प्यार है’ बाट बलिउड सिनेमा क्षेत्रमा उनले आफ्नो पाइला राखेका थिए । ऋतिक रोशन यतिबेला उनका आगामी चलचित्र फाइटरलाई लिएर निकै चर्चामा रहेका छन् । फाइटरका निर्माता सिद्धार्थ आनन्दले उनको र ऋतिक रोशनको फाइटर फिल्म सेटको तस्बिर सार्वजनिक गर्दै जन्मदिनको शुभकामना दिएका छन् । उ
नले सार्वजनिक गरेको पोष्टमा आफ्नो करियरको १० वर्षअघिको समयलाई सम्झिदै एउटा नोट पनि लेखेका छन् ।
जसमा उनले लेखेका छन्, ‘तपाईलाई जन्मदिनको शुभकामना दिनु बाहेक तपार्इंको यो विशेष दिनको उपलक्ष्यमा एउटा सानो धन्यवाद पनि, १० वर्ष पहिले हामीलेसँगै यात्रा सुरु गरेका थियौँ । मलाई त्यतिबेला तपार्इंले विश्वास गर्नु भयो जतिबेला मलाई थोरै मानिसहरुले मात्र विश्वास गर्थे, मेरो जीवन कहिल्यै पनि उस्तै भएन, मलाई लाग्दैन कि मैले कहिले तपाईंलाई सानो वा ठुलो कुरामा धन्यवाद दिएको छु ।’ क्रृतिक रोशनको तारिफ गर्दै निर्माता थप लेख्छन्, ‘अरुसँग भन्दा तपाईंसँग ठुलो मुटु छ । जो व्यक्तिहरुले तपाईंलाई चिन्छन् तिनीहरुले मात्र यो कुरा पुष्टि गर्छन् । मेरो प्रिय मित्रको विशेष दिनको अवसरमा खुसी, सुस्वास्थ्य र प्रशस्त सफलताको कामना गर्दछु ।’
निर्माताले पोष्ट गरेको पहिलो तस्बिरमा ऋतिकले वायु सेनाको पोशाक लगाएर निर्देशकसँग हिडिरहेको देखिएको छ भने निर्देशक सिद्धार्थले भने कालो कपडा लगाएको देखिएको छ । अर्को तस्बिर पनि फाइटर सेटसँगै मिल्दोजुल्दो रहेको छ ।
फाइटर चलचित्रमा ऋतिक रोशन बाहेक दिपिका पादुकोण, अनिल कपूर, करण सिंह ग्रोवर र अक्षय ओबेरोय पनि महत्वपूर्ण भूमिकामा रहेका छन् । मुख्य कलाकारहरुको नाम हालै सार्वजनिक गरिएको झलकहरुमा देखिएको छ । यो चलचित्र २५ जनवरीमा रिलिज हुँदै छ । क्रृतिक रोशन, दिपिका पादुकोण र अनिल कपूरद्वारा अभिनित यो चलचित्रलाई लिएर दर्शकहरु निकै उत्साहित देखिन्छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया