सर्वोच्च अदालतले भन्यो, ‘पब्जीमाथि लगाएको प्रतिबन्ध तत्काल कार्यान्वयन नगर्नुस्’

काठमाडौं । सर्वोच्च अदालतले पब्जीमाथि सरकारले लगाएको प्रतिबन्ध तत्काल कार्यान्वयन नगर्न आदेश दिएको छ । 

शुक्रवारर न्यायधीश ईश्वरप्रसाद खतिवडाको इजलासले सरकारले लगाएको प्रतिबन्ध तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो । 

सर्वोच्च अदालतका सहायक प्रवक्ता नगेन्द्र कालाखेतीका अनुसार अधिवक्ता प्रवीण सुवेदीले पब्जीमाथिको प्रतिबन्ध गैरकानूनी भन्दै सर्वोच्चमा रिट दिएका थिए ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको विशेष आग्रहमा नेपाल दूरसञ्चार प्रधाकिरणले पब्जी खेल प्रतिबन्ध गर्न लगाएको थियो  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?