एसईई परीक्षा खारेज नगर्न बोर्डको सुझाव

लोकपथ
903
Shares

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई) खारेज नगर्न सुझाव दिएको छ ।

बिहीबार सिंहदरबारमा बसेको शिक्षा समितिको बैठकमा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले त्यस्तो सुझाव दिएका हुन् ।
उनले विद्यालय शिक्षा विधेयकमाथि बोर्डको तर्फबाट आफ्नो धारणा राख्दै एसईई खारेज नभइ केन्द्रीकृत नभई प्रादेशिक रुपमा राख्न सुझाव दिएका हुन् ।

‘एसईई हुनुपर्दछ । तर, केन्द्रीकृत नभई प्रादेशिक रुपमा हुनुपर्छ भन्ने हाम्रो मान्यता हो ।’ उनले भनेका छन् । विद्यालय शिक्षा सम्बन्धी विधेयकमा कक्षा ८ र १२ मा परीक्षा हुने उल्लेख गरिएको छ ।

अहिले कक्षा ८ मा जिल्लास्तरीय परीक्षा हुन्छ । त्यसपछि कक्षा १० र १२ मा परीक्षा हुँदै आइरहेको छ । यदी कक्षा ८ पछि एकैपटक कक्षा १२ मा मात्रै परीक्षा हुँदा लामो ग्याप हुने भएकाले विद्यार्थीको पढाई तथा मूल्यांकनमा थप कमि आउने उनको तर्क रहेको छ ।

‘अहिले कक्षा ८ मा परीक्षा हुन्छ । त्यसपछि कक्षा १० र १२ कक्षामा परीक्षा भइरहेको छ । यदी कक्षा ८ मा परीक्षा गरेर सिधै १२ गर्दा बिचमा ४ वर्ष ग्याप हुन्छ ।’ उनले भने, ‘चार वर्ष ग्याप हुँदा विद्यार्थीको पढाई मूल्यांकनमा थप कमी आउने की भन्ने हाम्रो चिन्ता हो’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?