काठमाडौं । बैंकहरुमा खर्च बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पछिल्लो चार महिनामा मात्र बैंक तथा फाईनान्स कम्पनीहरुले कर्मचारीहरुको तलब र कार्यालय सञ्चालनकै लागि ३३ अर्ब १३ करोड १० लाख रुपैंयाँ खर्च गरेका छन् । यो खर्च गत आवको सोही अवधिको तुलनामा ६४ करोड ५० लाख रुपैंयाँले बढी हो ।
राष्ट्र बैंकका अनुसार गत आवको सोही अवधिमा बैंक तथा फाईनान्स कम्पनीहरुले कर्मचारीहरुको तलव भत्ता र कार्यालय सञ्चालनको लागि मात्र ३२ अर्ब ४८ करोड ६० लाख रुपैंयाँ खर्च गरेका थिए ।
वाणिज्य बैंकहरुले मात्र चालु आवको पछिल्लो चार महिनाको कर्मचारीहरुको तलव भत्ता र कार्यालय सञ्चालनको लागि मात्र कुल २८ अर्ब ८६ करोड ३० लाख रुपैंयाँ खर्च गरेका छन । यो खर्च गत आवको सोही अवधिको तुलनामा ५१ करोड रुपैंैयाँले बढी हो । गत आवको सोही अवधिमा बाँणिज्य बैंकहरुको यस्तो खर्च २८ अर्ब ३५ करोड ३० लाख रुपैंयाँ रहेको थियो ।
बिकास बैंकहरुले भने चालु आवको पछिल्लो चार महिनामा कर्मचारीहरुको तलव भत्ता र कार्यालय सञ्चालनको लागि कुल तीन अर्ब ४१ करोड ५० लाख रुपैंयाँ खर्च गरेका छन् । यो खर्च गत आवको सोही अवधिको तुलनामा १२ करोड ४० लाख रुपैंयाँले बढी हो । गत आवको सोही अवधिमा बिकास बैंकहरुको यस्तो खर्च तीन अर्ब २९ करोड १० लाख रुपैंयाँ रहेको थियो ।
राष्ट्र बैंकका अनुसार फाईनान्स कम्पनीहरुले भने चालु आवको पछिल्लो चार महिनाका कर्मचारीको तलव भत्ता र कार्यालय सञ्चालनको लागि कुल ८५ करोड ४० लाख रुपैंयाँ खर्च गरेका छन् । यो खर्च गत आवको सोही अवधिको तुलनामा एक करोड १० लाख रुपैंयाँले मात्र बढी हो । गत आवको सोही अवधिमा फाईनान्स कम्पनीहरुको यस्तो खर्च ८४ करोड ३० लाख रुपैंयाँ रहेको थियो ।
तलब भत्ता र कार्यालय सञ्चालनको लागि बैकहरुले गरेको खर्च (रकम रु १० लाखमा)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया