समयमा वर्षा भएसँगै गहुँको उत्पादनमा वृद्धि

पर्सा । समयमा आकासे पानी परेपछि पर्सामा यस वर्ष गहुँको उत्पादनमा उलेख्य वृद्धि भएको छ । बाली लाग्ने बेला पर्याप्त वर्षा भएको कारण गहुँ उत्पादन राम्रो भएको किसानले बताएका छन् । 
    
गतवर्ष पर्सामा २२ हजार हेक्टर जग्गाबाट ७० हजार ४ सय मैट्रिक टन गहुँ उत्पादन भएको तुलनामा यसवर्ष २६ हजार हेक्टर जग्गामा गरिएको खेतीबाट ९३ हजार ७ सय मेट्रिक टन २३ हजार ३०० मेट्रिक टन भन्दा बढी गहुँ उत्पादन भएको कृषि ज्ञान केन्द्र पर्साले जनाएको छ ।     
    
गतवर्ष प्रतिहेक्टर ३ दशमलब २ मेट्रिक टनको दरले उत्पादन भएको तुलनामा यसवर्ष प्रति हेक्टर ३ दशमलब ६ मेट्रिक टन उत्पादन हुने अनुमान रहेको कृषि ज्ञान केन्द्र पर्साका प्राविधिक सहायक श्यामकिशोर कुर्मीले जानकारी दिए । उनले यसवर्ष मौसमले साथ दिएको र ज्ञान केन्द्रले वितरण गरेको उन्नत जातको बीउ किसानले लगाएका कारण उत्पादन वृद्धि भएको बताए । 

गतवर्ष पर्सामा एक अर्ब ८३ करोड चार लाखको गहुँ उत्पादन भएको तुलनामा यसवर्ष दुई अर्ब ५२ करोड ७२ लाखको गहुँ उत्पादन हुने  कुर्मीको भनाइ छ । 
    
पर्सामा रहेको कूल ५० हजार हेक्टर खेतीयोग्य जग्गामध्ये तीन हजार १ सय हेक्टर जग्गामात्र सिञ्चित क्षेत्र रहेको छ । जिल्लाको सिञ्चित क्षेत्रलाई वृद्धि गर्न प्रदेश नं २ को सरकारले किसानलाई ८५ प्रतिशत अनुदानमा १ सय ५० थान विद्युतीय मोटर वितरण गर्न ४५ लाख विनियोजन गरेको छ । 

कृषि ज्ञान केन्द्रले जनाइको छ । विनियोजित बजेटबाट जडान भए पनि कृषि कार्यमा लागत घट्नुको साथै ४ सय हेक्टरभन्दा बढी जग्गालाई सिँचाइ सुविधा गर्न सकिने प्रसा कुर्मीले जानकारी दिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?