रेमिट्यान्समा सुधार, पाँच महिनामा भित्रियो छ खर्ब १३ अर्ब

लोकपथ
301
Shares

काठमाडौं । रेमिट्यान्समा सुधार देखिएको छ । राष्ट्र बैंकले बिहिबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती सम्वन्धी चालु आर्थिक बर्षको पाँच महिनाको प्रतिवेदन अनुसार रेमिट्यान्स अर्थात विप्रेषण आप्रवाह २७ दशमलव छ प्रतिशतले बढेर छ खर्ब १३ अर्ब २५ करोड पुगेको हो ।

प्रतिवेदन अनुसार अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २३ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २४ दशमलव पाँच प्रतिशतले वृद्धि भई चार अर्ब ६२ करोड पुगेको छ ।

अघिल्लो वर्ष यस्तो आप्रवाह १३ दशमलव एक प्रतिशतले बढेको थियो । वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या एक लाख ७३ हजार पाँच सय ५५ र पुनः श्रम स्वीकृति लिनेको संख्या एक लाख चार हजार ३७ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः दुई लाख ३६ हजार सात सयढ ७९ र एक लाख १५ हजार नौं सय ४८ रहेको थियो ।

राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा खुद ट्रान्सफर २६ दशमलव तीन प्रतिशतले वृद्धि भई छ खर्ब ६९ अर्ब ७४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २१ दशमलव छ प्रतिशतले बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?