लक्ष्मी सन्राइज बैंकको २३औं साधारण सभा सम्पन्न

लोकपथ
112
Shares

काठमाडाैं । लक्ष्मी सन्राइज बैंकको २३औं साधारण सभा बिहीबार काठमाडौंमा सम्पन्न भएको छ ।

साधारण सभाले सञ्चालक समितिको प्रतिवेदन तथा अर्थिक वर्ष २०७९÷८० को वित्तीय विवरण पारित गर्दै आर्थिक वर्ष २०७९÷८० सम्मको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई ७ प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारित गरेको छ ।

साथै साधारण सभाले संस्थापक शेयरधनीको तर्फबाट रमण नेपाल र मनोज कुमार भट्टराई तथा सर्वसाधारण शेयरधनीको तर्फबाट स्वाती रुङ्गटा र श्री दिनेश पौड्याललाई सञ्चालक समितिमा निर्वाचित गरेको छ ।

नवनियुक्त सञ्चालक समितिकोे सोही दिन बसेको बैठकले श्री रमण नेपाललाई सञ्चालक समितिको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?