काठमाडौं । गरिमा क्यापिटल लिमिटेडले आठौं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । कम्पनीका अनुसार बुधबार सम्पन्न भएको सभाले आर्थिक बर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन पारित गरी आ.व. २०८०/०८१ को लागि लेखापरीक्षकको नियुक्ति लगायतका प्रस्तावहरु पारित गरेको छ ।
क्यापिटलका सञ्चालक समितिका अध्यक्ष दिपक पाण्डेयको अध्यक्षतामा सम्पन्न आठौं वािर्षक साधारण सभामा आ.व. २०७९/०८० को वार्षिक प्रतिवेदन उपर सहभागी शेयरधनीहरुले राखेको जिज्ञासाहरुको अध्यक्ष पाण्डेय एवं प्रमुख कार्यकारी अधिकृत निर्मल भट्टराईले स्पष्ट पारेका थिए ।
गरिमा क्यापिटल लिमिटेड नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकर हो । कम्पनीले हाल लगानी व्यवस्थापन सेवा तथा निक्षेप सदस्य डिम्याट तथा मेरोशेयर खाता सम्बन्धी) सेवा प्रवाह गर्दै आएकोमा निकट भविष्यमा नै कोष सुपरिवेक्षक र कोष प्रवद्र्धकको प्रचलित कानून बमोजिम आवश्यक स्वीकृति लिई गरिमा म्युचुअल फण्ड अन्तर्गत विभिन्न बन्दमुखी तथा खुल्लामुखी योजनाहरु व्रmमशः दर्ता तथा सञ्चालन गर्दै अगाडी बढ्ने जानकारी समेत गराएको छ ।
गरिमा क्यापिटल लिमिटेडका सम्पूर्ण सेवाहरु ग्राहक समक्ष पु¥याउन गरिमा विकास बैंक लिमिटेडका सम्पूर्ण शाखा कार्यालयहरुबाट सहजिकरण हुँदै आएको कम्पनीको भनाई छ । कम्पनीले आफ्ना सेवाहरु अझ परिस्कृत र ग्राहकमैत्री तवरबाट प्रवाह गर्नको निमित्त विभिन्न नविनतम प्रविधिहरुको प्रयोग गर्दै अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया