थानकोट–चित्लाङ सडक खण्ड कार दुर्घटना अपडेट : ५ जनाको मृत्यु

लोकपथ
1k
Shares

काठमाडौं । थानकोट–चित्लाङ सडक खण्डमा कार दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ ।

थानकोट–चित्लाङ सडक खण्डको सेतो पहार भन्ने स्थानमा निजी कार दुर्घटनामा परी ४ जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा बल्खुस्थित बयोधा अस्पतालमा मृत्यु भएको प्रहरी वृत्त थानकोटका डीएसपी नारायण प्रसाद अधिकारीले लोकपथलाई जानकारी दिए ।

दुर्घटनामा परी काठमाडौंको मैतिदेवी बस्ने ६७ वर्षीय ओमकार निधि तिवारी, उनकी श्रीमती ६४ वर्षीया कल्पना तिवारी, उनका ज्वाई काठमाडौँको लाजिम्पाट बस्ने डा. महेशकुमार गौतम, उनका छोरा ४ वर्षीय प्रियान्स गौतमको र उनकी ६ वर्षीया छारी स्मारिका गौतमको मृत्यु भएको डीएसपी अधिकारीले बताए ।

कार दुर्घटनामा डा. महेशकुमार गौतमकी श्रीमती डा. सृष्टि तिवारी भने शकुसल रहेको उनले बताए । उपचारका लागि बल्खुस्थित बयोधा अस्पतालमा लगिएको डीएसपी अधिकारीले बताए ।

शनिवार काठमाडौंको चन्दागिरी नगरपालिका ४ पानिघाटभन्दा माथि सेतो पहरा भन्ने स्थानमा काठमाडौंबाट चित्लाङतर्फ जाँदै गरेको प्र ३–०१–२३ च ६९८५ दुर्घटना भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?