देवीले बनाइन तीन राष्ट्रिय कीर्तिमान

बाँके । आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत जारी आठौँ महिला तथा २४ औँ पुरुष राष्ट्रिय भारत्तोलनमा नेपाल प्रहरीकी देवी चौधरीले तीन राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । 

प्रतियोगिता अन्तर्गत शनिवार भएको महिला ५५ किलो तौल समुहमा नेपाल प्रहरीकी देवी चौधरीले तीन राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन् । उनले स्न्याचमा ६५, क्लीन एन्ड जर्कमा ८१ तथा कुल १४८ किलो भार बहन गर्दै तीन वटै राष्ट्रिय कीर्तिमान कायम  गरेकी हुन् ।

यसैगरी, तीन वटा राष्ट्रिय कीर्तिमान कायम गर्नेमा पुलिसकै प्रकास केसी र आर्मीकी कमला श्रेष्ठ पनि रहे । 

पुरुष ६७ किलो तौल समुहमा प्रकासले स्न्याचमा १०३, क्लीन एन्ड जर्कमा १२२ तथा तथा कुल २२५ किलो भार बहन गर्दै तीन वटा राष्ट्रिय कीर्तिमान कायम गरेकी हुन् ।

 महिला ५९ किलो तौल समुहमा कमलाले स्न्याचमा ७०, क्लीन एन्ड जर्कमा ८० तथा कुल १५० किलोको तीन वटा कीर्तिमान कायम गरेकी हुन् । सो स्पर्धामा पुलिसकी जुनु माया छन्त्यालले रजत तथा गण्डकी प्रदेशकी टिका माया गुरुङले काश्य पदक जिते ।  

देवीलाई पद्छाउँदै आर्मीकी मनिषा रानाभाटले रजत तथा गौरी चौधरीले काश्य पदक जिते । यसैगरी, पुरुष ६७ किलोमा आर्मीकी जिवन तामाङले रजत तथा गण्डकी प्रदेशका धन बहादुर झाक्रीले काश्य पदक जिते ।

विजेतालाई राष्ट्रिय खेलकदु परिषद्का सदस्य सचिव केशब कुमार विष्ट लगायतले पुरस्कार प्रदान गरे ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?