भारतीय प्रधान न्यायाधीश गोगाईमाथि यौन दुर्व्यहारको आरोप

एजेन्सी । भारतीय सर्वोच्च अदालतका प्रधान न्यायाधीश रञ्जन गोगोईमाथि ३५ वर्षीया महिलाले यौन उत्पीडनको आरोप लगाएकी छिन् । 

महिलाले सर्वोच्चका सबै (२२ जना) न्यायाधीशलाई शुक्रवार पत्र लेखी आफूलाई गोगोईले सरकारी निवासस्थित कार्यालयमा दुई पटकसम्म यौन दुर्व्यहार गर्ने प्रयास गरेको बताएकी छिन् ।

उनले गत वर्षको अक्टोबरमा दुई पटकसम्म यौन दुर्व्यवहारको प्रयास गरेको बताएकी हुन् ।

प्रधान न्यायाधीश गोगोईले आफूमाथि अदालतका पूर्वकर्मचारीले लगाएको अरोप झुटो भएको बताएका छन् । 

आफूमाथि लागेको आरोप अस्वीकार गर्दै गोगोईले भने, ‘यो न्यायपालिकाको स्वतन्त्रतामाथि खतराको संकेत हो । यसका पछि ठूलो शक्ति लागेको हुन सक्छ । यस्तो अवस्थामा काम गर्नुर्पयो भने राम्रा मान्छे यो अफिसमा कहिल्यै काम गर्न आउँदैनन् । ती महिलालाई सर्वोच्चमा कसरी जागिर मिल्यो ? जब कि उसको विरुद्ध आपराधिक मुद्दा छ । यसको पनि जाँच हुनुपर्छ ।’ 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?