काठमाडौं । इटालियन सिरीए फुटबलमा शीर्ष स्थानमा रहेको इन्टर मिलानले शानदार जित निकालेको छ । शनिबार राति भएको खेलमा इन्टरले मोन्जाविरुद्ध ५–१ को एकतर्फी गोल गरेको हो । इन्टरलाई जिताउनका लागि हाकान लाउतारो मार्टिनेजले २–२ गोल गर्दा मार्कस थुरामले १ गोल थपेका थिए ।
मोन्जाका लागि मोटियो प्रेसिनाले १ गोल फर्काए । १२औं मिनेटमा हाकानले पेनाल्टीमार्फत गोल गर्दै इन्टरलाई अग्रता दिलाए । १४औं मिनेटमा मार्टिनेजले गोल गरेपछि पहिलो हाफमा इन्टर मिलानले खेल २–० ले आफ्नो पकडमा राखेको थियो । ६०औं मिनेटमा हाकानले व्यक्तिगत दोस्रो गोल गर्दा ३–०ले अघि बढ्यो ।
६९औं मिनेटमा पेनाल्टीमार्फत मोन्जाका प्रेसिनाले गोल फर्काउँदै अन्तर ३–१ मा झारे । ८४ औं मिनेटमा मार्टिनेजले पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो गोल गरेका थिए भने ८८औं मिनेटमा थुरामले गोल गरेपछि इन्टर मिलान ५–१ को फराकिलो जित निकाल्न सफल भयो ।
इन्टर मिलान २० खेलबाट ५१ अंकका साथ शीर्ष स्थानमा रहँदा मोन्जा २५ अंकका साथ ११ औं स्थानमा छ । सिरी एमा भेरोनाले इम्पोलीलाई २–१ गोल अन्तरले पराजित गर्दा नापोलीले सालेरेन्टिनालाई २–१ कै नतिजाले स्तब्ध बनाएको छ । त्यसैगरी जियोना र टोरिनोले भने गोल रहित बराबरी खेल्दै अंक बाँडेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया