बार्सिलोनाको उपाधि जित्ने सम्भावना बलियो

एजेन्सी । स्पानिस ला लिगा फुटबल प्रतियोगितामा बार्सिलोना विजयी भएको छ । 

शनिवार राति सम्पन्न भएको ३३ औँ चरणको खेलमा बार्सिलोनाले रियल सोसिडाडलाई २-१ गोल अन्तरले पराजित गर्दै उपाधि जित्ने सम्भावनालाई बलियो बनाएको छ । खेलको पहिलो हाफ सकिनै लाग्दा बार्सिलोनाका क्लेमेन्ट लेङ्गलेटले पहिलो गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाए ।

त्यस्तै ६२ औँ मिनेटमा रियल सोसिडाटका जुआनमीले गोल गर्दै खेललाई एक-एक गोलको बराबरीमा ल्याए । ६४ औँ मिनेटमा जोर्डी अल्बाले गोल गरे । जितपछि बार्सिलोनाले ९ अंकको अग्रता लिएको छ ।

बार्सिलोनाले ३३ खेलबाट ७७ अंक बनाएको छ । अब बार्सिलोनालाई लिग जित्न मात्र ६ अंकको आवश्यकता रहेको छ । 

त्यस्तै शनिवार राति नै भएको अर्को खेलमा लिगको दोस्रो स्थानमा रहेको एथ्लेटिको म्याड्रिडले इबरलाई १-० गोल अन्तरले पराजित ग-यो । जितपछि एथ्लेटिको म्याड्रिडको ६८ अंक छ । यता सेल्टा डि भिगोले जिरोनालाई २-१ गोल अन्तरले पराजित ग-यो ।

रायो भाल्लेकानो र हुयस्काबीचको खेल भने गोलरहित बराबरीमा सकिएको छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?