एजेन्सी । जर्मन बुन्डेस लिगा फुटबल अन्तर्गत डिफेन्डिङ च्याम्पियन वायर्न म्युनिख विजयी भएको छ ।
घरेलु मैदानमा शनिवार राति भएको खेलमा वायर्न म्युनिखले वेर्डर ब्रेमेनलाई १-० गोल अन्तरले पराजित ग-यो । वार्यनलाई जित दिलाउन निकलस सुलेले गरेको एक मात्र गोल नै निर्णायक बनेको थियो ।
उनले खेलको ७५ औँ मिनेटमा गोल गरेका थिए । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफसम्म दुवै क्लब गोलरहित बराबरीमा रोकिएका थिए ।
५८ औँ मिनेटमा मिलोस भेल्जकोभिकले रातो कार्ड पाएपछि ब्रेमेन १० खेलाडीमा सिमित भएको थियो । जितपछि वायर्न म्युनिखले जारी लिगमा ४ अंकको अग्रता लिदै उपाधि जित्ने सम्भावनालाई बलियो बनाएको छ ।
शीर्ष स्थानमा रहेको वायर्नले ३० खेलबाट ७० अंक बनाएको छ । त्यस्तै लिगको दोस्रो स्थानमा रहेको बोरुसिया डर्टमण्डको ६६ अंक छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया