एजेन्सी । जारी इन्डियन प्रिमियर लिग ‘आईपीएल’ क्रिकेट अन्तर्गत दिल्ली क्यापिटल्स विजयी भएको छ ।
शनिवार राति सम्पन्न भएको खेलमा नेपाली राष्ट्रिय टिमका खेलाडी सन्दीप लामिछाने आवद्ध टिम दिल्लीले किंग्स इलाभने पन्जावलाई ५ विकेटले पराजित ग-यो ।
टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको पन्जाबले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६३ रनको योगफल तयार पारेको थियो । पन्जाबका लागि क्रिस गेलले सबैभन्दा ६९ रन बनाए । त्यस्तै मन्दिप सिंहले ३० रन हरप्रित बरारले २० रन तथा कप्तान रविचन्द्रन अश्विनले १६ रन जोडे ।
दिल्लीका सन्दीप लामिछाने सबैभन्दा सफल बलर बने । उनले ४० रन खर्चेर ३ विकेट लिए । उनका साथै कगिसो रबाडा र अक्षर पटेलले समान २-२ विकेट लिए । उनले स्टाइलिस प्लेयर अफ द म्याच बने र एक लाख भारु पुरस्कार समेत पाए ।
जवाफी मैदानमा ब्यटिङ गरेको दिल्लीले निर्धारित लक्ष्य १९ दशमलब ४ ओभरमा मात्र ५ विकेट गुमाउँदै पुरा ग-यो । दिल्लीका लागि कप्तान श्रेयस अय्यरले सर्वाधिक ५८ रन बनाए । उनले ४५ बलमा जारी सिजनमा दोस्रो अर्धशतक बनाए । आईपीएलमा उनले १२ अर्धशतक बनाएका छन् ।
त्यस्तै पृथ्वी शाले ११ बलमा १३ रन जोडे । शिखर धवनले ४१ बलमा ५६, ऋषभ पन्तले ७ बलमा ६ र कोलिन इन्ग्रामले ९ बलमा १९ रन बनाए । यता पन्जाबका लागि हार्डुस विलजोएनले ३९ रन खर्चेर २ विकेट लिए । जितपछि दिल्ली १० खेलबाट १२ अंकका साथ लिगको तेस्रो स्थानमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया