काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले शनिबार आफ्नो २२औं साधारणसभा सम्पन्न गरेको छ ।
मकवानपुरको हेटौंडामा रहेको होटेल एभोकाडोमा भएको साधारण सभाले रिक्त रहेको सञ्चालक पदमा रामकुमार बर्तौलालाइ नियुक्त गरेको छ । उनी पद्मोदय प्रालिको प्रतिनिधित्व गर्दै संस्थापक समुहबाट निर्वाचित भएका हुन् ।
सञ्चालक समितिका अध्यक्ष ठाकुर प्रसाद भट्टराईकोे अध्यक्षतामा सम्पन्न साधारणसभाले सञ्चालक समितिको तर्फबाट प्रस्तुत हुने अघिल्लो आ.व.को वार्षिक प्रतिवेदन पारित गर्ने, वासलात, नाफा नोक्सान र नगद प्रवाह विवरण माथि छलफल गर्ने, आ.व.२०८०/८१ लागि बाह्य लेखापरिक्षक नियुक्ति गर्ने लगायतका एजेन्डाहरुमा छलफलसहित पारित गरेको छ ।
साधारण सभामा अध्यक्षले सञ्चालक समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उक्त प्रतिवेदन उपर सहभागी भएका सेयरधनीहरुबाट सल्लाह, सुझाव र जिज्ञासाहरुलाई सञ्चालक समितिका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतले स्पष्ट पारेका थिए ।
नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रियस्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल १३ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ भने आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू.आर कोडजस्ताडिजिटल सुविधाहरु प्रदान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया