कोलम्बोस्थित ३ चर्च र ३ होटलमा बम विस्फोट : २० को मृत्यु, २ सय ८० घाइते

एजेन्सी । श्रीलंकाको राजधानी कोलम्बोमा श्रृंखलाबद्ध बम विस्फोट भएको छ । 

विस्फोटमा हालसम्म २० जनाको मृत्यु हुनुका साथै २ सय ८० जना घाइते भएका छन् । 

कोलम्बोस्थित ३ गिरिजाघर (चर्च) र ३ होटलमा श्रृंखलावद्ध बम विस्फोट भएको हो । इसाई धर्मावलम्बीहरुले इस्टर पर्व मनाइरहँदा गिरिजाघरलाई लक्षित गरी विस्फोट भएको प्रहरीले जनाएको छ ।

विस्फोट भएका कारण पनि धेरैजना हताहत भएको हुनसक्ने बताइएको छ ।

विस्फोटनमा परी घाइते भएकाहरुको कोलम्बो राष्ट्रिय अस्पतालमा उपचार भइरहेको छ।

प्रहरी प्रवक्ताका अनुसार विस्फोटको जिम्मेवारी अहिलेसम्म कसैले पनि लिएको छैन ।

त्यस्तै कोलम्बोका चल्तीका २ होटलमा समेत विस्फोट भएको स्रोतले जनाएको छ । त्यसबारे थप विवरण भने दिइएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?