आठौँ राष्ट्रिय खेलकुद : चार सय मिटर दौडमा निरप्रताप र तुलसालाई स्वर्ण पदक

दाङ । जारी आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत एथ्लेटिक्समा पुरुष चार सय मिटरमा एपीएफका निरप्रताप महतोले स्वर्ण पदक जितेका छन् । 

त्यस्तै यता महिलातर्फ भने त्रिभुवन आर्मीकी तुलसा खत्रीले स्वर्ण पदक हात पारिन् । 

दाङमा आइतवार भएको उक्त दौडमा महतोले आफनै क्लवमा शिवराज पार्कीलाई हराउँदै स्वर्ण पदक हात पारे । उनले निर्धारीत दुरी ४९ दशलमव ३५ सेकेण्डमा पुरा गरे ।  शिवराजले ५० दशलमव चार पाँच सेकेण्डको दुरी पुरा गर्दै रजत पदक प्राप्त गरे ।

प्रदेश एकका प्रकाश दनुवारले कास्य पदक जिते । उनले ५० दशलमव ६३ सेकेण्डको समयमा निर्धारित दौड पुरा गरे ।  

यता महिलातर्फको दौड ५९ दशलमव ९१ सेकेण्डमा पुरा गर्दै आर्मीकी तुलसा खत्रीले स्वर्ण जितिन् । आर्मी कै संगीता मेचेले रजत तथा प्रदेश ५ की अरुणा रिजालले कास्य पदक हात पारिन् । 

त्यस्तै महिला एक सय मिटरको हर्डल्समा प्रदेश ५ की प्रमिला थारुले स्वर्ण पदक जितिन् । उनले निर्धारित दौड १६ दशमलव दुई पाँच सेकेण्डमा पुरा गरिन् ।  दोस्रो स्थानमा पनि प्रदेश ५ कै जयरानी चौधरी रहिन । त्यस्तै कास्य पदक भने आर्मीकी तुलसा श्रेष्ठले जितिन् । 

पुरुष एक सय मिटरतर्फको दौड १५ दशमलव पाँच छ सेकेण्डमा पुरा गर्दै आर्मीका निरकुमार चौधरीले स्वर्ण पदक जिते । पुलिसका चन्द्रदेव जोशीले रजत तथा आर्मीका अशोक कुवर कास्य पदक जिते। 

ट्रिपल जम्पमा महिलातर्फ एपीएफकी सिला चौधरीले स्वर्ण, प्रदेश ५ की पुजा चौधरीले रजत सिमा चौधरीले कास्य पदक जितिन् ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?