दाङ । आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष ५ हजार मिटर दौडमा एपीएफका गोपिचन्द्र पार्की र महिलातर्फ प्रदेश ३ की सन्तोषी श्रेष्ठले स्वर्ण पदक जितेका छन् ।
दाङको बेलझुन्डीमा आइतवार भएको पुरुषतर्फको दौड पार्कीले १४ मिनेट ४४ दशमलब २३ सेकेन्डमा पुरा गर्दै स्वर्ण पदक हात पारे ।
त्यस्तै प्रदेश ६ का दुर्गा बुढाले निर्धारित दुरी १४ मिनेट ४६ दशमलब ५४ सेकेन्डमा पुरा गर्दै रजत पदक जिते । यता प्रदेश ४ का अनिश थापा मगरले निर्धारित दुरी १४ मिनेट ५७ दशमलब ०३ सेकेन्डमा पुरा गर्दै कास्य पदक हात पारे ।
त्यस्तै आइतवार नै भएको महिलातर्फको दौड १६ मिनेट ३८ दशमलब ५३ सेकेन्डमा पुरा गर्दै सन्तोषीले स्वर्ण पदक जितिन् । आर्मीकी बिश्व रुपा बुढाले १६ मिनेट ४६ दशमलब ०३ सेकेन्डमा दौड पुरा गर्दै रजत पदक जितिन् ।
एपीएफकी बिन्द्रा धन्के श्रेष्ठले कास्य पदकमा चित्त बुझाइन् । उनले निर्धारित दुरी १७ मिनेट ०३ दशमलब ७५ सेकेन्डमा पुरा गरेकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया