काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको साहयक कम्पनी सिबिआईएल सेक्युरिटिज लिमिटेडको प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
कम्पनीले शनिबार सिबिआईएल सेक्युरिटिज लिमिटेडको कार्यालय परिसर कुपण्डोलमा कम्पनीको संचालक समितिको अध्यक्ष सप्तमान बज्राचार्यको अध्यक्षतामा बार्षिक साधारण सभा सम्पन्न गरेको हो ।
सभाबाट कम्पनीको आर्थिक वर्ष २०७५÷७६ देखि आर्थिक वर्ष २०७९/८० सम्मको वासलात, नाफा नोक्सान हिसाब लगायत अन्य वित्तीय विवरण स्विकृत भएको छ । साथै कम्पनीको संचालक समितिमा चार जना संचालकहरु रामधन श्रेष्ठ, सप्तमान बज्राचार्य, सिजु शाक्य, र सृजेश ज्ञवाली निर्विरोध निर्वाचित भएका छन् ।
नेपाल धितोपत्र बोर्ड बाट अनुमतिपत्र प्राप्त धितोपत्र दलाल (ब्रोकर नं. ९१) सिबिआईएल सेक्युरिटिज लिमिटेडले आफ्नो मुख्य कार्यालय ललितपुर–१०, कुपण्डोल बाट आफ्ना ग्राहकहरुलाई धितोपत्र कारोवार सेवा दिदै आईरहेको छ । साथै यस कम्पनीले सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका सम्पूर्ण शाखाहरु मार्फत ब्रोकर खाता खोल्ने फाराम भरी पठाउन सक्ने सेवा समेत प्रदान गर्दै आईरहेको छ ।
बैंकले हाल देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५१ वटा ए.टि.एम. र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १७ लाख भन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया