महायज्ञबाट ५० लाख आर्थिक संकलन

काठमाडौं । फर्पिङमा भएको श्रीमदभागव नवाह ज्ञान महायज्ञबाट ५० लाख रुपैयाँ आर्थिक संकलन भएको छ । 

त्रिभुवन आदर्श आवाशिय मा.विको आयोजनामा भएको महायज्ञको पाँच दिनबाट ५० लाख रुपैयाँ आर्थिक संकलन भएको बताइएको छ । महायज्ञमा वालयोगेश्वर महाराजले कथावाचन गरेका थिए ।

विद्यालयका प्रधानाध्यापक नवीन अमात्यका अनुसार महायज्ञबाट पाँच करोड आर्थिक संकलन गर्ने लक्ष्य रहेको बताएका छन् ।

प्राविधिक शिक्षा सञ्चालन गर्ने उद्देश्यका साथ यो महायज्ञको आयोजना गरेको जनाइएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?