तस्वीरमा देखियो श्रीलंका बम विस्फोट : एक सय ८७ जनाको मृत्यु

काठमाडौं । श्रीलंकाको राजधानी कोलम्बोस्थित ३ चर्च र ३ पर्यटकीय होटलमा आज (आइतवार) भएको श्रृंखलाबद्ध बम विस्फोटमा परी मर्नेको १ सय ८७ जनाको मृत्यु भएको छ भने ४ सयभन्दा बढी घाइते भएका छन् । 

इसाई धर्मावलम्बीहरुले इस्टर पर्व मनाइरहँदा राजधानी कोलम्बोस्थित कोचीकाडे, नेगम्बो र बाट्टीकालोवामा रहेका तीनवटा चर्च तथा सांग्रिला, सिनामोन ग्राण्ड र किंग्सबरी होटलमा बम विस्फोट भएको हो ।

श्रीलंकामा १० वर्षअघि सकिएको गृहयुद्धपछि भएको यो सबैभन्दा ठूलो बम विस्फोट हो । 

श्रीलंकामा भएको श्रृंखलाबद्ध बम विस्फोटको घटनाप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख व्यक्त गरेका छन् । 

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्विटमार्फत दुःख व्यक्त गरेका हुन् । 

उनले भनेका छन्, ‘श्रीलंकामा भएको श्रृंखलाबद्ध बम आक्रमणको अत्यन्त दुखि बनाएको छ, मृतकका आफन्तप्रति गहिरो सम्वेदना व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।’


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?